नेपालद्वारा ओमानलाई २ सय ३० रनको लक्ष्य

बैशाख ३, काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको चौँथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनायो ।
null
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अभिशेक बस्नेतले १५ जोडे भने रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ विकेट लिए ।
पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।
सन् २००७ को एसीसी एलाइट कप यू(१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।








