फिल्म प्रचार–प्रसारकोलागि कलाकार सानो पर्दा धाउँदै

 

चैत्र १९, काठमाण्डौँ । नायक सलिमान बानिया, सलोन बस्नेत र मलिका महत ‘मुन्द्रेको कमेडी क्लब’मा पुगेका छन् । यी तीन कलाकार चलचित्र यात्राकाे प्रसार–प्रसारको लागि ‘मुन्द्रेको कमेडी क्लब’ मा पुगेका हुन् ।  

नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ दर्शकले अति रुचाएको कार्यक्रम हो । उक्त कार्यक्रममा कलाकार लगायत बिभिन्न क्षेत्रमा सम्बन्धीत व्यक्तिहरुलाई बोलाईन्छ । 

null

‘मुन्द्रेको कमेडी क्लब’ मा पुगेका कलाकारले चलचित्रको जानकारी गराउनुका साथै आफ्नो फिटनेस र फेशनको समेत रहस्य खुलाएका थिए । यात्रा टिम सहभागी भएको उक्त कार्यक्रम शुक्रबार प्रसारण गरिनेछ । 

सम्राट शाक्यको डेब्यु निर्देशनमा तयार भएको यस चलचित्र आगामी चैत्र २९ देखी प्रर्दशनमा आउने भएकाे छ । यस चलचित्रमा सलिन, सलोन र मलिकासँगै जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा, विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको समेत अभिनय हेर्न पाईनेछ । 

सुशिल पोखरेलले निर्माण गरेको यस चलत्रिमा कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । उक्त फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *