यी नायिकाकाे निधनमा कसैले समवेदना नदिनुकाे यस्ताे छ कारण

बैशाख ८ ।  सिनेमा जगतकी सबैभन्दा चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानको शुक्रबार निधन भयो । वेबसाइट ग्ल्यामश्यामको रिपोर्टका अनुसार सायराको निधन हृदयघातका कारण भएको हो । 

 

स्मरण रहोस्, कामसूत्र थ्रीडीमा सायराले अभिनेत्री शर्लिन चोपडाको स्थान ओगटेकी थिइन् । फिल्मको रिलिजका बेला शर्लिनको विषयमा निकै विवाद पनि भएको थियो जसका कारण सायरा जुन पहिचानको हकदार थिइन् त्यो पाउन सकिनन् । 

null

कामसूत्र थ्रीडी का निर्माता रुपेश पलले आफू सायराको निधनमा निकै आघात भएको बताए । सायराको निधनमा उनले वेबसाइटसँग कुरा गर्दै आफूले यस्तो होला भनेर कहिले पनि नसोचेको बताए । 

रुपेशका अनुसार शर्लिनको स्थान लिएपछि सायराले निकै मुश्किलको सामना गरिन् । उनले भने, ‘सायराका लागि उक्त भूमिका निकै चुनौतीपूर्ण थियो । उनी मुस्लिम परिवारकी थिइन् त्यो पनि एकदम रुढीवादी परिवार । त्यसकारण उनलाई यो फिल्ममा लिन सबैभन्दा धेरै समस्या हामीले भोग्नुपर्यो । तर जब सायराले भूमिका निभाइन् तब उनले प्रमाणित गरिन् कि यो भूमिका उनले भन्दा राम्रो कसैले निभाउन सक्दैनथ्यो । ’ 

रुपेश भन्छन्, ‘मलाई यो कुराको सबैभन्दा धेरै दुःख यो छ कि सायराको मृत्यु हुँदा उनलाई कसैले पनि समवेदना व्यक्त गरेनन् । उनी उत्कृष्ट नायिका थिइन् । म उनको आत्माको शान्तीको लागि प्रार्थना गर्छु ।’ 

उनीअघि सन् २०१८ मा बलिउडकी नायिका श्रीदेवीको निधन पनि हृदयघातका कारण भएको थियो । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *