ला लिगा: रियल मड्रिड उपाधि होडबाट बाहिरियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि होडबाट रियल मड्रिड बाहिरिएको छ । बिहीबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि रियल उपाधि होडबाट बाहिरिएको हो । 

 

रियाललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले उच्च प्रदर्शन गरे । खेलभर नै गेटाफेलाई रियालले दवावमा राख्न सफल भएपनि रियालले गोल गर्न असफल बन्यो । 

null

रियलले पछिल्लो समय राम्रो खेल प्रदर्शन गरिरहेको थियो । रियल गेटाफेसँग बराबरीमा रोकियसंगै ला लिगामा ४ खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि छ । यो बराबरीसंगै रियलले ३४ खेलबाट ६५ अंक जोडेको छ । गेटाफे भने ५५ अंकसंगै चौंथो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =