आइपीएल: रसेलको अगाडी विराटले विशाल योगफल जोगाउन सकेनन्

काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग आइपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले पराजित गरेको हो ।कप्तान विराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो । कोलकताले १९ ओभर १ बलमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाउन सफल भएको हो । कोलकताको जितका लागि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे । १३ बल खेलेका रसेलले ७ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ४८ रनको योगदान गरे । 

क्रिश लिनले ३१ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाए भने नितिश रानाले ३७, रोविन उथप्पाले ३३, दिनेश कार्तिकले १९, सुनल नारइने १० र  शुभमन गिलले ३ रन बनाए । बैंग्लोरका लागि पवन नेगी र नवदीप सैनीले समान २/२ विकेट लिए भने युजभेन्द्र चाहले १ विकेट लिए ।यसअघि बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । बैंग्लरका लागि ४९ बलको सामना गरेका कप्तान कोहलीले ९ चौका र २ छक्काको मदतमा ८४ रन बनाएका थिए । ३२ बल खेलेका एबी डी भिलियर्सले ५ चौका र ४ छक्का प्रहार गर्दै  ६३ रन बनाएका थिए । पार्थिब पटेलले २५ रन बनाए । मार्कुस स्टोनिसले अबिजित २८ रन बनाए । कोलकत्ताका लागि नितेश राना, कुलदिप यादब र सुनिलले १–१ विकेट लिएका थिए । निरन्तर चार खेल हारेरे अंक तालिकाको पुछारमा रहेको बैंग्लोरले पाँचौ खेलमा पनि जित निकाल्न सकेन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *