Critical Digital Humanities र सहभागितात्मक डिजाइन Workshop नेपालमा

 

                                                                 सहजकर्ता: बिभूषणा पौडेल 

बैशाख १३, काठमाडौं । साउथ एशिया फाउण्डेशन फर एकेडेमिक रिसर्चको आयोजनामा Critical Digital Humanities and Participatory Design Workshop in Nepal(SAFAR) (संवेदनशील  डिजीटल समलोचनात्मक र सहभागितात्मक डिजाइन कार्यशाला) नेपालमा आयोजना हुने भएको छ । 

null

नेपालको डिजिटल प्रस्तुति लगायत दक्षिण एशियाली देशहरुकै डिजिटल प्रतिनिधित्वलाई थप सुदृढ पार्दै भइरहेको परम्परागत डिजीटल प्रस्तुतिमा थप सुधार ल्याउने उद्देश्यले Critical डिजिटल समलोचनात्मक र सहभागितात्मक डिजाइन कार्यशाला विषयक कार्यक्रम आयोजना गर्न लागिएको हो । 

कपुर सेन्टर अनिकोलिएशन अफ वुमन इन कलर कम्प्युटिङ्गको लगानीमा आयोजना गर्न लागिएको उक्त कार्यशाला सन् २०१९ को जुन ९ देखि ३० सम्म हुनेछ । 

यस कार्यशालाको मुख्य उद्देश्य अमेरिकामा रहेका दक्षिण एशियाली मुलका विद्यार्थी र प्राध्यापकबीचको सहकार्यको सुरुवात गर्ने तथा हरेक रंगका महिलाहरुको डिजिटल संरचनामा सहभागीता बढाउने रहेको कार्यशालाकी सहजकर्ता तथा कल्चरल रिटोरिक्स र डिजीटल लेखनकी उपप्राध्यापक लौरा गोन्जालेसले जानकारी दिइन् । 

बहुभाषा प्रयोगकर्ता अनुभव कोलावोरेशनकी उपनिर्देशक समेत रहेकी लौराले भनिन्, ‘म र बिभूषणा मिलेर यसरी डिजीटल मानवता, कल्चरल रिटोरिक्स र सहभागीतात्मक डिजाइनको कुरामा प्रकाश पार्न यस कार्यशालाको खाका तयार पारेका हौं ।’ 

यस्तै कार्यशालाकी अर्की सहजकर्ता एवम् द यूनिभर्सिटी अफ टेक्सास, एलपासोकी ओभरसिज डिजिटल ह्यूम्यानिटिज कन्सल्ट्यान्ट, दक्षिण एशिया फाउण्डेशन फर अकाडेमिक रिसर्च, ईन्टटिच्यूट फर एडभान्स कम्यूनिकेशन एण्ड एकेडेमिक रिसर्च फ्याकल्टीकी विद्यार्थी बिभूषणा पौडेलले कार्यशालाको उद्देश्य डिजीटल मानवताको अवधारणा प्रवर्धन गर्नु रहेको बताइन् । 

‘आजको विश्वमा प्रिन्ट मिडिया मात्र नभई डिजिटल मिडियाको पनि महत्वलाई हामी नकार्न सक्दैनौं, डिजीटल मिडिया संयन्त्र अनितवर मार्फत् विभिन्न ज्ञान र अध्ययन उत्पादन गर्न सकिन्छ । यसमार्फत् लैङ्गिक विभेद, क्लास विभेद, जीयोपोलिटिक्स र अन्य विभिन्न मानवताका विभेदहरुमा कमी ल्याउन सकिन्छ,’ बिभूषणाले भनिन्, ‘आर्थिक पहुँचको अभावमा हामी सबै जनाको डिजीटल संरचनामा समान पहुँच पनि त छैन तर त्यसो भनेंर हामी डिजीटल संरचनामा मौन बसेको खण्डमा उपनिवेशवाद, संस्कारगत सामन्तवाद र पितृसत्तात्मक अवयवहरु चलिरहन दिन पनि सकिन्न ।’ 

लौरा र उनी मिलेर बनाएको उक्त कार्यशालाको खाका नेपाली शोधकर्ता या विद्यार्थीका लागि मात्र नभइ विश्वस्तरमा नै अर्थपूर्ण कुराकानी र ज्ञान बढोत्तरीका लागि उत्कृष्ट सावित हुने बिभूषणाको विश्वास छ । 

 

                                                                      सहजकर्ताः लौरा गोन्जालेस 

डिजिटल कार्यमा जान हिच्किचाहट भएका विद्यार्थीका लागि प्रशस्त अवसर र उत्साह यस कार्याशालाले सिर्जना गर्नेछ । कार्यशलामा सहभागीहरुले डिजीटल विश्लेषण र डिजीटल प्लेटफर्मको छनौट, सामाग्री लेखन र विभिन्न विद्यार्थीमैत्री डिजाइनका बारेमा पनि ज्ञान प्राप्त गर्नेछन् । 

यस कार्यक्रमले नेपालभित्र र बाहिरका डिजीटल विभेदका विरुद्ध विद्यार्थी र फ्याकल्टीलाई एकै स्थानमा समेट्नेछ । डिजीटल विभाजनम डिजीटल पहुँच भएका र नभएका आवाजबिहिन सबैजनाको आवाज संलग्न गर्ने कुराहरु पनि यसमा समावेश छ । यस कार्यशालाबाट बहुआयामिक अनलाइन स्थलहरुको श्रृजना, त्यो पनि सामाजिक सञ्जाल भन्दा बाहिर, त्यस्ता डिजीटल स्थल निर्माणका यस कार्यशालाले केही हदसम्म सहयोग गर्नेछ । 

लौराः हामी समुदाय नेतृत्व भएको प्रविधि र नवप्रवर्तनको शुरुवात गर्न चाहन्छौं । समुदायमा गएर सिकाउने भन्दापनि समुदायका कुराहरु डिजीटल स्थलमा ल्याउने यो जर्मको हो । म बिभूषणा, अरुण गुप्तो र संगीता रायमाझी प्रति अति आभारी छु र साथै हाम्रा कार्यशलामा लगानी गर्ने संस्थाहरुमा पनि मेरो आभार छ । 

संयूक्त राज्य अमेरिकाको शिक्षा फाउण्डेशनलाई नेपालमा डिजीटल संरचनाको यो फराकिलो प्रयोगका लागि लगानी गर्नुभएकोमा आभार छ । यस कार्यशालाको घोषणा भएको छोटो समयमा नै अमेरिका र नेपालका विभिन्न संस्था र विद्यार्थी संयन्त्र अनि शिक्षण संस्थाबाट पाएको साथका लागि म आभारी छु । 

बिभूषणाः विभिन्न साझा सवाल उपर यस कार्यशाला बनाइएको छ । जसमा मानवता विषयक पुराना र नयाँ प्रश्नहरुमा डिजिटल प्रविधि र नैतिकताका सवालहरु पनि छन् । सिद्धान्त र प्रयोगको खाडललाई छिचोल्दै नेपालको नयाँ डिजीटल प्रतिनिधित्वको वकालत हामी गर्नेछौं । 

उदीप खड्का लगायत प्रोफेसर संगीता रायमाझी प्रति अतिआभारी छु । साथै हाम्रा कार्यशलामा लगानी गर्ने संस्थाहरुमा पनि मेरो आभार छ । क्यालीफोर्नीया स्टेट यूनिभरसिटीका स्कटक्लीम्यानलाई सन् २०१७ मा नै नेपालमा डिजीटल मानवताको कार्यशला आयोजना गर्नुभएकोमा धन्यवाद र त्यसपछि पनि वहाँ नेपालको डिजिटल मानवता विषयमा निरन्तर लागिरहनु भएको छ । प्रोफेसर अरुणगुप्तो र डाक्टर लौरा प्रति म बिशेष आभारी छु , वहाँहरु बिना यो कार्यशला हुन असम्भव प्राय छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =