आईपीएल: लगातार पराजित बैंग्लोरको सातौं खेलमा पहिलो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो सातौं खेलमा आएर मात्रै जित हात पारेको छ । बैंग्लोरले मोहलीमा शनिबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो । यसअघि लगातार छैटौं खेलसम्म पराजित भएको बैंग्लोरले आफ्नो सातौं खेलमा आएरमात्रै पहिलो जित हात पारेको हो । 

 

१७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभर सकिन चार बल बाँकी छदा भेटायो । बैंग्लोरका लागि दुई जना खेलाडीले अर्धशतक बनाए । कप्तान विराट कोहलीले ६७ रन बनाए । उनले ५३ बलमा ८ चौका प्रहार गरेका थिए । 

null

त्यस्तै, एबी डिभिलियर्सले अविजित ५९ रन बनाउँदै बैंग्लोरलाई जित दिलाए । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतमिा १७३ रन बनाएको थियो । 

पञ्जाबका लागि क्रिस गेलले शतक बनाउनबाट एक रनले चुके । उनी ९९ रनमा अविजित रहे । ६४ बलको सामना गरेका गेलले १० चौका र पाँच छक्का प्रहार गरेका थिए । जितसँगै पुछारमा रहेको बैंग्लोरले दुई अंक बटुलेको छ । तर उसको प्लेअफमा पुग्ने सम्भवना भने न्युन छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =