‘म सरकारविरुद्ध छु, पार्टी मेरो विरुद्धमा छ’

 

चैत २०, दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताको काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । 

बुधबार नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–१ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्ने क्रममा उनले सबै काम गलत गरेको भन्दै सरकारको आलोचना गरेका हुन् । कार्यक्रममा उनले ओली सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए । 

null

प्रतिपक्षीको भूमिका कमजोर देखिएको भन्दै आलोचना भइरहँदा देउवाले भने कांग्रेसको भूमिका कमजोर नभएको बताएका छन् । ‘प्रतिपक्षीको भूमिका कमजोर छैन । रेलिङ्ग भाँचेर तोडफोड गर्दैमा शसक्त हुँदैन । त्यसो गर्नु गलत हो’, उनले भने । 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीका प्रसंगमा बोल्दै आफू फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्ने दाबी गरे । कार्यक्रममा उनले सरकारको आलोचना मात्रै गरेनन्, आफ्नै पार्टीको व्यवहारप्रति पनि गुनासो पोखे । ‘मैँले सरकारको खुलेरै आलोचना गरिरहेको छु । म सरकारविरुद्ध छु, अनि पार्टी मेरोविरुद्ध छ । पार्टीभित्रै मेरो आलोचना भइरहेको छ,’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *