यी ४ देशका मन्त्रीसँग भेटेर आपूर्तिमन्त्री यादवले यसो भने

 

बैशाख ६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् । 

बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम मन्त्री सोमिलदुध भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भेटवार्ता गर्दै मन्त्री यादवले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । 

null

उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालमा लगानीबारे छलफल भएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाली दूतावास बहराइनका अनुसार, जवाफमा तीनै देशका मन्त्रीले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *