रि–रिलिजमा ‘छक्का पञ्जा २’ नचलेपछि दिपकले दिए यस्ताे सन्देश

 

बैशाख १५, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ को रि–रिलिजले राम्रो व्यापार गर्छ भन्ने निर्माण टिमको अपेक्षा गलत सावित भएको छ । 

दिपक राज गिरी र दिपाश्री निरौलाको निर्देशनमा बनेको उक्त चलचित्र चैत्र १३ गते पुनः रिलिज गरिएपनि हलमा दर्शकको जमात बटुल्न सकेन चलचित्रले । हुनत यो भन्दा अघि रिलिज हुँदा नहेरेका दर्शकले हेर्ने अपेक्षा गरेकै हुन् । धरैको गुनासो थियो, ‘छक्का पञ्जा २’ लाई यूट्युबमा किन नहालेको’ । 

null

निर्माण टिमले धेरै दर्शकले युट्युबमा किन नहालेको भनेर चलचित्रप्रति चासो देखाउन थालेपछि कलेक्सनको लोभमा हलमा नै पुनः रिलिज गरेका थिए । तर उनीहरुले सोचेजस्तो सफलता हात पार्न सकेन चलचित्रले । 

तर चलचित्रले राम्रो कलेक्सन नगरेतापनि निर्माण टिमले कुनै आपत्ति नभएको जनाएको छ । 

‘हास्य चलचित्र र हास्य कलाकार फिल्ममा चल्दैन भन्ने सोच थियो तर हामिले नडराइ प्रयोग गर्यौ र दर्शकले माया पनि नसोचेको दिनुभयो । हामीले हरेक दिन नयॉ–नयॉ बजार नयॉ–नयॉ सम्भावना खोजिरहेका छौँ । त्यसै क्रममा चलचित्रको रिपिट रिलिज पनि एउटा सम्भावना हुन सक्छ कि भन्ने सोचेको थियौँ । तर त्यो सफल हुन सकेन तर यसमा ग्लानी फिटिक्कै छैन’, निर्देशक तथा नायक दिपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘किनकि हामिलाई थाहा छ, कोलम्बसले घर वरिपरि नै रमाएर बसेको भए अमेरिका पत्ता नलाग्न सक्थ्यो । सफलताको आकाशमा त्यहि उड्छ जस्ले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ ।’ 

यस्तै उनले अस्पताललाई व्यक्तिगत रुपमा १ लाख सहयोग गरेको पनि जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘अस्पताललाई सहयोग गर्न हलहरू बाट कति उठ्छ त्यो पछिको कुरा हो । तर म आज व्यक्तिगत रूपमा रू १ लाख त्यो दुर्गम स्थानको रासकोट अस्पताललाई प्रदान गर्ने घोषणा पनि गर्दछु ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *