नेविसंघको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप, आधा दर्जन नेता गिरफ्तार

 

चैत २४, सुर्खेत । नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । 

प्रहरीले बल प्रयोग गरेर नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य हरी शर्मा, मध्यपश्चिम विश्वविद्यालयका स्ववियु सभापति झक्क बहादुर शाही, नेपाल विद्यार्थी संघका नेता गौतम बिसि, राजन केशी र स्ववियु सदस्य रोशन बस्नेतलाई गिरफ्तार गरेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले पुष्टि गरे । 

null

 

मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्न नखोजेको र विद्यार्थीको मुद्दालाई गुम्राहमा राख्न खोजेको भन्दै नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालयमा केही महिना अघिदेखि आन्दोलन गर्दै आएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *