युभेन्टसले जित्यो इटालियन सिरी ‘ए’ को उपाधि

एजेन्सी । युभेन्टसले इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले पाँच खेल अगावै यो सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको हो । 

 

शनिबार फिओरेन्टिना विरुद्धको खेलमा एलेक्स सान्द्रोको गोल र जर्मन पेजेल्लाको आत्मघाती गोल युभेन्टसलाई लगातार आठौं सिरी ‘ए’ उपाधि जिताउन पर्याप्त बन्यो । फिओरेन्टिनाले सुरूवातमा अग्रता लिएको थियो । 

null

 

युभेन्टसको मैदानमा भएको खेलको छैटौँ मिनेटमा निकोला मिलेनकोभिचले गोल गर्दै फिओरेन्टिनालाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । त्यस्तै, ५३ औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि युभेन्टसले २–१ को अग्रता लिएको थियो । 

 

फिओरेन्टिनाविरुद्धको जितसँगै युभेन्टसले पाँच खेल अगावै लिग जितेको हो । युभेन्टसले ३३ खेलबाट ८७ अंक जोडेको छ । जुन दोस्रो स्थानको नापोलीको भन्दा २० अंकले बढी हो । अब बाँकी ५ खेलमा हार व्यहोरे पनि युभेन्टस पछि पर्ने छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =