अध्ययन भन्छ– यस्ता पासवर्ड ह्याक हुने सम्भावना धेरै

 

बैशाख १४ । पुरै दुनियाँमा लाखौँ मानिसहरु आफ्नो संवेदनशील खाताका लागि सजिलै सम्झिने पासवर्ड राख्ने गर्छन् । 

ब्रिटेनको नेश्नल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) को अध्ययन अनुसार अधिकांश अकाउन्टको पासवर्ड १२३४५६ राखिएको थियो । 

null

अफ्नो पहिलो साइबर सर्भेमा एनसीएससीले ह्याक गरिएको खाताको पासवर्डको व्यापक विश्लेषण गर्यो, जसमा शब्द, अंक, नाम प्रयोग गरिएको पाइयो । १२३४५६ पासवर्ड सर्वाधिक थियो, लगभग २ करोड ३० लाख भन्दा पनि ज्यादा प्रयोग भएको थियो । 

दोस्रो लोकप्रिय पासवर्ड थियो, १२३४५६७८९ । यसलाई पनि सम्झन मुश्किल थिएन । पासवर्डमा धेरै माइकल, डेनियल, जेसिका र चार्ली जस्तो नाम पनि धेरै मिल्यो । 

एनसीसीका टेक्निकल निर्देशक डा. इयानका अनुसार जो मानिसहरु सजिलो, आम पासवर्डहरु प्रयोग गर्छन्, उनीहरु आफैँले आफैँलाई ह्याकिङ्गको शिकार बनाउँछन् । 

उनी भन्छन्, ‘स्ट्रङ पासवर्ड बनाउनका लागि सजिलै याद हुने ३ अलग अक्षर प्रयोग गर्नुपर्छ । आफ्नो डाटा सुरक्षित राख्नका लागि सजिलो पासवर्ड राख्नु हुँदैन । जस्तैः आफ्नो नामको पहिलो शब्द, स्थानीय फुटबल टीम या मनपर्ने ब्याण्ड ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =