सानिमाको नयाँ शाखा पुतली सडकमा

 

चैत्र २१, काठमाण्डौँ । सानिमा बैंक लिमिटेडले यहि चैत २०, २०७५ मा काठमाडौंको पुतलीसडकमा शाखाकार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन,सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रर्वधक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भएको थियो । 

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठल स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको बताए । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतली सडक शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरिय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 

null

समुद्घाटन समारोहमा मह जोडीले पुतली सडकमा सानिमा बैंक संचालनमा आएकोमा पुतली सडक वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *