बालुवाटार प्रकरणमा शेरबहादुर देउवा नै दोषी देखिएपनि सजाय दिनुपर्छः नेता सिंह

 

बैशाख १७, संखुवासभा । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने जोकोहीमाथि छानविन गर्नुपर्ने बताएका छन् । 

मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता प्रकाशमानले सरकारी जग्गा अतिक्रमण गर्ने जोसुकैलाई कारवाही गर्नुपर्ने बताएका हुन् । 

null

‘बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै सभापति शेरबहादुर देउवा नै दोषी भएपनि कारबाही हुनुपर्छ । जुनसुकै पार्टीका नेता कार्यकर्ता भएपनि सरकारी जग्गा हडप्न खोज्नेलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउनुपर्छ । सजाय दिनुपर्छ’, उनले भने । 

यस्तै उनले अहिलेका सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको पनि आरोप लगाए । सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको उनको भनाइ छ । 

नेता सिंहले सरकार संविधान अनुसार नचलेको पनि आरोप लगाए । उनले भने, ‘वर्तमान सरकारले सिंगो प्रस स्वतन्त्रताको खिल्ली उडाएको छ । समाचार लेखेकै भरमा पत्रकारहरु पक्राउ गर्ने र विभिन्न बाहानाबाजी बनाएर जेल हाली तर्साउने काम गरिरहेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *