प्रचण्ड भन्छन्ः विदेश पलायन हुने प्रवृत्ति मौलायो, शिक्षा नीति सुधारौँ

 

चैत २०, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार हुनुपर्ने बताएका छन् । 

बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पढेका दक्ष जनशक्ति बाहिरीएकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताएका हुन् । 

null

‘नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ । स्वदेशमा काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति मौलाएको छ । देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यी सबै कमजोर शिक्षा नीतिका कारण भएका हुन्’, अध्यक्ष दाहालले भने । 

२५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा बोल्दै प्रचण्डले विकास परिषद्को आगामी योजनामा धनी र गरिबको खाडल हटाउने कुरालाई प्राथमिकता दिनुपर्ने स्पष्ट पार्दै उनले भने, ‘हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नैपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *