पुँजी बजारको विस्तारका लागि विदेशी लगानी आवश्यक छः अर्थमन्त्री खतिवडा

 

चैत २१, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । 

बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशियाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटनका क्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

null

अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको जानकारी गराए । 

पुँजी बजारको विस्तारमा दक्षिण एशियाली राष्ट्र पछि परेको स्पष्ट पार्दै मन्त्री खतिवडाले भने, ‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेका कारण यसमा विदेशी लगानी आवश्यक छ । यसले बजारको विस्तार हुन्छ ।’ 

अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *