राजपा अध्यक्ष मण्डलको बैठक जारी, फोरमसँग हुँदैछ एकताको तयारी ?

 

चैत २६, काठमाडौं । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक अहिले पार्टी कार्यालय बबरमहलमा चलिरहेको छ । 

बारा–पर्साको हावाहुरीका कारण पछि धकेलिएको बैठक मंगलबार चलिरहेको राजपाले जनाएको छ । जारी बैठकमा पार्टीको महाधिवेशनबारे छलफल केन्द्रित हुने पार्टी महासचिव केशव झाले जानकारी दिए। 

null

त्यसका अतिरिक्त फोरमसँगको पार्टी एकता महाधिवेशन सार्ने विषयमा पनि छलफल हुने जानकारी दिइएको छ । 

संघीय समाजवादी फोरम, नेपालले पार्टी एकीकरण गर्न तयार रहेको पत्र पठाएपछि त्यसको जवाफ दिने विषयमा छलफल हुन लागेको हो । 

गत असार पहिलो हप्तामा ३ दिनसम्म बसेको पार्टी पदाधिकारीको बैठकले ०७६ बैशाख ७ देखि ९ सम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो। तर सो मितिमा तयारी नपुगेको भन्दै महाधिवेशन हुन नसक्ने निष्कर्षमा राजपा पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *