‘ओलीको भनाइ र गराइमा आकाश-जमिन फरक’

 

चैत २६, लमजुङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराइमा फरक देखिएको टिप्पणी गरेका छन् । 

नेपाल प्रेस युनियन लमजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले यस्तो टिप्पणी गरेका हुन् । 

null

प्रधानमन्त्रीले भ्रष्टाचार सहन्न भनेपनि यसलाई नियन्त्रणमा ल्याउन नसकेको उनले आरोप लगाए । ‘सरकारको एक वर्षको कार्यकाल पूर्ण रुपमा असफल भयो । कर बढेको छ । सरकारले मूल्यवृद्धि गरी जनतालाई दुःख दिने काम गरेको छ । अपराध नियन्त्रण गर्न सकेकाे छैन । हिंसा बढिरहेकेा छ ।  त्यसैले यो सरकार सफल भयो भन्न मिल्दैन ।’ 

कोइरालाले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको प्रधानमन्त्री ओलीले सबै अधिकार आफैं राख्ने प्रयत्न गरेर संघीयता विरोधी चरित्र देखाएको जिकिर गरे। 

पार्टीको प्रसंगमा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर मेलमिलाप र एकताको बाटोमा अगाडि बढे कांग्रेस फेरि पहिलो दल बन्न सक्ने दाबी गरे । 

महामन्त्री कोइरालाले पछिल्लो समय आफू कांग्रेसलाई एकताबद्ध बनाउने लागि परेको बताउँदै आएका छन् । आइतबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक बनाउन लागि परेको दाबी गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *