विश्वकप फुटसलः तीनवटै खेलमा पराजित हुँदै स्वदेश फिर्कियो नेपाली टोली
२०७५ चैत २३ गते

चैत २२, काठमाडौं । अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा जितबिहीन बन्दै नेपाल घर फर्किएको छ ।
समूह चरणको अन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भएसँगै नेपाल जितबिहीन बन्दै घर फर्किएको हो । नेपाली टोली आजै स्वदेश फर्कंदै छ।
null
यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो।
१२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन समीर कार्कीको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन्।
नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो।
२०७५ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








