विराट कोहलीको बैंग्लोरविरुद्ध ब्याटिङ गर्दै दिल्ली, प्लेईङ सेटमा सन्दीप पनि

 

बैशाख १५, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबारको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टोली दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भइरहेको छ । 

फिरोज शाह कोट्ला मैदानमा विराट कोहलीको कप्तानीमा रहेको रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको दिल्लीले आजको खेलमा सन्दीप लामिछानेलाई पनि मैदान उत्रिने अवसर प्रदान गरेको छ । 

null

यस सिजनको ५ खेलमा ८ विकेट हात पारिसकेका सन्दीप दिल्लीको प्लेईङ सेटमा परेका हुन् । उनलाई प्लेइङ(११ मा समावेश गरिएको हो। 

११ खेलबाट १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा छ भने ११ खेलबाट ८ अंका मात्रै जोडेको बैंग्लोर पुछारमा छ । दुवै टोली आजको खेल जित्ने दाउमा मैदान उत्रिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *