आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

वैशाख १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वृद्धभत्ता रकम बढाउने भएको छ ।
वृद्धभत्ता नबढाएको भन्दै अर्थमन्त्रीको आलोचना भइरहँदा ‘खोलौँ बैंक खाता’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वृद्धभत्ता बढाउने तयारी गरेको जानकारी दिएका हुन् ।
null
चुनावी एजेण्डामै वृद्धभत्ता बढाउने उल्लेख गरेको तत्कालीन सरकारले आफ्नो दुई वर्षको कार्यकालमा उक्त घोषणा पुरा गर्ने भएको हो । ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआउँदै भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ।
सरकारले आजदेखि ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ देशभर ‘खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ ।
नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबारबाट सरकारले सुरु गरेको यस अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीका बुवा मोहन प्रसाद ओलीले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली अभियानको सुरुवात गरेका थिए ।








