आईपीएल: रोमान्चक खेलमा राजस्थान पन्जाबसँग पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोली पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले राजस्थानलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो ।
null
राजस्थानका लागि राहुल त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । स्टुवार्ड बिनीले अविजित ३१, संजु सामसनले २७, कप्तान समेत रहेका अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाएका थिए । पन्जाबका लागि अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २र२ विकेट लिए ।
यसअघि पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय पारी खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिएका थिए ।








