एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट अक्सनः कुन खेलाडीको मूल्य कति ?

 

चैत १७, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिगमा राष्ट्रिय टिमका खेलाडीहरुको बोली लाग्दैछ । 

एनसिएल स्पोर्टसको आयोजनामा आउदो बैशाखमा हुने महिला टि–२० क्रिकेट लिगका लागि काठमाडौंमा भइरहेको अक्सनमा आइतबार खेलाडीलाई सर्वाधिक ७५ हजार सम्मको बोली लगाइएको छ । 

null

बोली लगाउने क्रममा राष्ट्रिय टिमकी सदस्य ईन्दु वर्मा, काजल श्रेष्ठ, सरिता मगर, रोमा थापा र सोनु खड्का, ज्योति पाण्डेलाई सर्वाधिक ७५ हजार रुपैयाँमा किनिएको छ । 

विराटनगर रोअरिङ लायन्सका विकेटकिपर ब्याट्सवुमन काजल श्रेष्ठलाई विराटनगरले ७५ हजरामा अनुबन्ध गरेको छ । श्रेष्ठका लागि लागि धनगढी, भैरहवा र विराटनगरले अधिकतम् बोली लगाएपनि गोलाप्रथामा विराटनगरले बाजी मारेको हो । 

 

यस्तै विराटनगर रोअरिङ लायन्सले अञ्जली चन्द ५० हजार, कृतिका मरासिनी २५ हजार, अनुराधा चौधरी ३५ हजार, अस्मिना कर्माचार्य ३५ हजार, सञ्जु तामाङ १५ हजार, सुस्मा श्रेष्ठलाई २५ हजारमा अनुबन्ध गरेको छ । 

यसैगरी भैरहवा क्विन्सले सरस्वती चौधरीलाई ४० हजार, नितु भण्डारी ३३ हजार, सोनु खड्का ७५ हजार,एलिसा केसी ४७ हजार, इन्दु वर्मालाई ७५ हजार अनुबन्ध गरेको छ । 

काठमाडौं सुपर च्याम्पियनका खेलाडीमा सुमन खतिवडा ५० हजारमा अनुबन्ध भएकी छिन् भने, ममता चौधरी ७५ हजार, ईश्वरी विष्ट १५ हजार, रेवती धामी ५० हजार, सरिता मगर ७५ हजार, रोमा थापा ७५ हजारमा अनुबन्ध भएका छन् । 

पछिल्लो दुई वर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको अक्सनमा रुवी पोडार २५ हजार, कविता कुँवर ७५ हजार, मनिषा राना २५ हजार, ज्योती पाण्डे ७५ हजार, सवनम राईलाई ७० हजारमा धनगढी वन्डरले अनुबन्ध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =