सलमान खानले अहिले सम्म बिहे नगर्नुकाे रहस्य खाेले

बैशाख ९ ।  मुम्बई – बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए । विवाह गर्ने उमेर बितिसके पनि उनको बिहेको चर्चा भने कहिल्यै सकिदैन । 

 

 हरेक वर्ष सुपरहिट फिल्म दिने सलमान बलिउडका सुपरस्टार हुन् । उनीसँग कुनै पनि चीजको कमि छैन तर पनि उनले बिहे नगर्दा धेरैलाई चासो भइरहन्छ र सबैको मनमा उब्जिने प्रश्न नै यही हो कि किन सलमान खान बिहे गर्दैनन् । 

null

पछिल्लो पटक फिल्म ‘भारत’मा व्यस्त रहेको सलमान खानले फिल्मको प्रमोशनको क्रममा आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलाएका छन् । उनी पारिवारिक जमघटमा धेरै बस्न मन पराउँछन् । जतिपनि समय उनी अरिरिक्त पाउँछन् पारिवारिक जमघटमा जुटिहाल्छन् । 

उनले आफ्नो परिवारबाहेक अन्य व्यक्तिलाई महत्व दिन नसकेको कारण बिहे नगरेको खुलाए । उनले आफ्नो जीवनसाथीलाई सम्मान सँगसँगै समय दिनुपर्ने भएकाले यदि त्यसो गर्न नसकेमा गलत हुने भन्दै बिहे नगरी परिवारसँग नै रमाएको बताए । 

यसैबीच, उनको फिल्म ‘भारत’ को ५ दिनमा ५ नयाँ पोस्टर रिलीज भएको छ । फिल्मको दुईवटा टिजर रिलीज भएको छ । उनको फिल्म ५ जुनमा रिलीज हुने भएको छ । एजेन्सी 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *