सिरी ‘ए’: रोनाल्डोको टोली यूभेन्ट्सले उपाधि उचाल्ने मौका गुमायो

एजेन्सी । यूभेन्ट्सले इटालिएन सिरी ‘ए’ फुटबलको उपाधि आठौं पटक उचाल्ने मौका गुमाएको छ । स्पालसँग २–१ गोलअन्तरले पराजित भएपछि यूभेन्ट्सले मौका गुमाएको हो । 

क्रिस्टियानो रोनाल्डोको टोली यूभेन्ट्सलाई यस सिजनको सिरी ‘ए’ को उपाधि उचाल्न खेलमा बराबरी गर्दै एक अंक बटुले काफी हुन्थ्यो तर शनिबार राति स्पालसँगको पराजयसँगै यूभेन्ट्सले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । 

 

null

मोसे किनले यूभेन्टसलाई ३० औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए तर ४९ औं मिनेटमा केभिन बोनिफाजीले हेडर गोल गर्दै खेलमा बराबरी गरे । ७४ औं मिनेटमा ३७ वर्षिया सर्जि फोल्कारीले स्पालका लागि निर्णायक गोल गरेका थिए । 

यूभेन्ट्सले रोनाल्डोलाई यस खेलमा भने आराम दिएको थियो । यस खेलमा पराजय भएपनि यूभेन्ट्स सिरी ‘ए’ मा दोस्रो स्थानको नापोली भन्दा २० अंकले अघि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =