फ्रेन्डसलाई हराउँदै एपीएफ दोस्रो चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

 

बैशाख १६, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

चन्द्रागिरि नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपीएफले एनआइविएल फ्रेन्डस् क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । 

null

एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे । फ्रेन्डसका विकास लामाले एक गोल फर्काए । 

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता एपीएफले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै फ्रेन्डसले खेलको तेस्रो मिनेटमा बक्स बाहिर प्राप्त फ्रिकिकलाई सदुपयोग गर्न सकेन । ११औं मिनेटमा फ्रेन्डसले अर्को मौका खेर फाल्यो । 

 

१६औं मिनेटमा आशिष लामाले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा ढिला प्रहार गर्दा फ्रेन्डस्का गोलरक्षक देव लिम्बुले दोस्रो प्रयासमा बचाएका थिए । १८ औं मिनेटमा याया यान्निकको बक्स बाहिरको प्रहार एपीएफका गोलरक्षक रोमन रसाइलीले मुस्किलले बचाए । २५औं मिनेटमा धिरज श्रेष्ठको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमनले मुस्किलले बचाउँदै गोल टारेका थिए । 

३०औं मिनेटमा प्रविन स्याङ्तानले पेनाल्टी एरियाभन्दा ठीक बाहिरबाट गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, एपीएको त्यो अग्रता लामो सयम टिकेन । ३३औं मिनेटमा बिकास लामाले फ्रेन्ड्स क्लबका लागि बराबरी गोल फर्काए । डिफेन्डर सन्तोष कटुवालको गल्तीको फाइदा उठाउँदै विकासले सहजै गोल गरेका थिए । ३८औं मिनेटमा एपीएफले गोल गर्ने सुन्दर मौका खेर फाल्दा खेलमा पुन अग्रता लिने मौका गुमायो । 

 

पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफले सुधारिएको खेल पस्केपनि गोल भने गर्न सकेन । ४२औं मिनेटमा कप्तान सुदिप शिख्रकारको बक्स बाहिरको फ्रिकिक दोस्रो बारबाट थोरै बाहिरियो । ४९औं मिनेटमा राजेन्दै रावलको डि–बक्स बाहिरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ६४औं मिनेटमा राम कुमार कुमालले वान भर्सेस वानमा गोल गर्न चुके । 

 

राम कुमारको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । ७७औं मिनेटमा धिरज श्रेष्ठको प्रहार पनि पोस्टमा लाग्दै फर्कदा फ्रेन्डसले खेलमा अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

अतिरिक्त २० मिनेटको समयको दोस्रो हाफको थप गरिएको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । 

एपीएफका आशिष लामा खेलको म्यान अफ दि म्याच भए । उनले जनही ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए । 

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा मंगलबार आयोजक दीपशखिा युवा समूह र ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लबबीच दिनको ठीक ३ बजे खेल हुनेछ । 

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने दिपशिखा क्लबका अध्यक्ष रवि बुढाथोकीले वताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =