ऐश्वर्याका निला आँखाः जसले दुनिया मोहित भयो (फोटो फिचर)

बैशाख १६, दिल्ली । उमेरले चार दशकमा हिँडेकी बलिउड विश्व सुन्दरी ऐश्वर्या राय (बच्चन) को सुन्दरतामा विश्व नै लठ्ठ छ । १९९४ की विश्व सुन्दरीको आँखाको सुन्दरता त झनै लोभलाग्दो छ । ऐश्वर्याका ठूल्ठूला सुन्दर निला आँखाको जादूमा हराउने युवाहरु करोडौं छन् । 

 

देवदास गर्ल ऐश्वर्याका आँखामै अभिताभ बच्चन पुत्र अभिषेक फिदा भएरै लागेको भारतीय मिडियाले उतिबेलै लेखेका थिए । १९७३ की ऐशले अहिले सम्म करिब ४५ भन्दा बढि फिल्म गरेकी छिन् । उनको पहिलो फिल्म हो, मणि रत्नमको इरुवर । हिन्दी फिल्ममा उनले और प्यार हो गया गरिन् । यी दुई फिल्मले ऐशलाई चर्चामा नल्याएपनि १९९९ मा आएको हम दिल दे चुके सनमबाट उनी रातारात बलिउडमा स्थापित भइन् । 

null

त्यसपछी ताल, हमारा दिल आपके पास है, मोहब्बते, देवदास, दिलका रिस्ता, कुछ ना कहो, रेनकोट, धुम, गुरु, जोधा अकवर, गुजारिश, ऐ दिल हे मुस्कील जस्ता फिल्म आए । यी फिल्मले ऐशको सुन्दरतासँगै अभिनयलाई समेत नयाँ उचाइमा लगे । 

 

उनले फिल्म फेयर अवार्डसँगै भारतको प्रतिष्ठित पद्मश्री एवार्ड समेत प्राप्त गरेकी छिन् । उनी कान्स फिल्म फेयर एवार्डमा सर्वाधिक लाइमटाइममा रहेकी भारतीय अभिनेतृ हुन् ।बलिउड फिल्मका सुपरस्टार अभिताम बच्चनकी बुहारी ऐश अहिले श्रीमान अभिषेक र छोरी आराध्यासँग बैवाहिक जिवनमा रमाइरहेकी छिन् । 

 

 

 

 

 

 

 

 

तस्विरः सामाजिक सञ्जालबाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *