आइपीएल: मुम्बईविरुद्ध राजस्थानको जित, स्मिथले खेले कप्तानी पारी

एजेन्सी । स्टिभ स्मिथले कप्तानी पारी खेल्दै राजस्थान रोयल्सलाई आईपीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जित दिलाएका छन् । जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । कप्तान स्मिथ ५९ रनमा अविजित रहे ।
राजस्थानले शनिबार मात्र अजिन्क्या रहानेको सट्टा स्मिथलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको थियो । स्मिथले आफूमाथि गरेको भरोसालाई सही सावित गरे । उनले रियान प्ररागसँग ७० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । प्रराग ४३ रनमा आउट भए । सञ्जु सामसनले ३५ रन बनाए ।
null
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो । ११ रन जोड्दा पहिलो विकेट गुमाएको मुम्बर्इका लागि क्विन्टन डिकक र सूर्यकुमार यादवले ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
१४ औं ओभरको अन्तिम बल फाल्नुअघि बिन्नीको बलमा आउट भएका यादवले ३५ रन बनाए । त्यसपछि मुम्बईको गतिमा ब्रेक लाग्यो । डिककले ६५ रन बनाए ।








