ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ

 

चैत्र २०, काठमाडौं । सहकारीबाट करोडौं ठगी गर्ने ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । 

आज उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

null

समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ । 

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीमाथि संगठित अपराध र ठगी मुद्दा चलाइनेछ । समितिले बस्नेतको सम्पत्ति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गर्न सुझाव दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *