नेप्स गिरावट भए सँगै २०७५ साललाई बिदाई गरे

काठमाडौं, चैत्र २८ । आजबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ साललाई बिदाई गरेको छ । आज नेप्से शुन्य दशमलव ५९ अंकले घटेर १ हजार १ सय ८४ दशमलव ०२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । त्यसैगरी गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०६ अंकले बढेर २ सय ५३ दशलमव ६४ को बिन्दुमा पुगेर बन्द भएको हो ।
यो हप्ताभर नेप्से आइतबार १७ दशमलव १६ अंकले बढेर ११६१ दशमलव ६० को बिन्दुमा पुगेको थियो भने सोमबार ९ दशमलव ३२ अंकले बढेर ११९१ दशमलव ६८ को बिन्दुमा पुगेको थियो । साथै मंगलबार भने १० दशमलव ५९ अंकले घटेर ११८१ दशमलव ०९ को बिन्दुमा पुगेको थियो र बुधबार ३ दशमलव ५२ अंकले बढेर ११८४ दशमलव ६१ को बिन्दुमा पुगेको थियो ।
null
सबैभन्दा बढी कारोबारमा कुमारी बैंकले गरेको छ । यस कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा सँगै २१ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्न लगिएको हुनाले कारोबार बढी भएको हो । जस अनुसार कारोबारमा आज ३ करोड ६३ लाख ९ हजार बराबरको रहेको छ । त्यस अनुसार बजार मूल्य आज पनि २५९ रुपैयाँ रहेको हो ।
यसदिन १ सय ७० कम्पनीको १२ लाख ५१ हजार २४१ कित्ता शेयर खरिदबिक्री भई ३९ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार यस दिन सर्वा्िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु भएका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै सर्वा्िधक गुमाउनेमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताहरु परेका छन् । उनीहरुको शेयर मूल्य आज ८ दशमलव ६४ प्रतिशतले घट्न गएको छ । यस दिन १० वटा उपपरिसुचकहरुमा ६ वटा समूहहरु बृद्धी भएका छन् भने ४ वटा समूहरु घटेका छन् ।








