च्याम्पियन्स लिग: आयाक्ससँग रोनाल्डोको टिम युभेन्टस रोकियो

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तरगत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

 

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम समयमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जोआओ क्यान्सिलोको पासमा अनमार्क रहेका रोनाल्डोले डाइभिङ हेडिङमार्फत गोल गर्न सफल भएका थिए । तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोलीका डेभिड नेरेसले बराबरी गोल फर्काए । 

null

 

नेरेसले खेल शुरु भएलगत्तै एकल प्रयासमा गोल गर्न सफल भएका थिए । घरेलु टोलीले युभेन्टसलाई खेलभर नै दवावमा राखेको थियो । तर, थप गोल भने गर्न सकेन । आयाक्सका आधादर्जन प्रहार खेर गएको थियो । बराबरीसँग दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै रहेको छ । 

 

युभेन्टसलाई अवे गोलको फाइदा रहँदा आयाक्सलाई दोस्रो लेगमा निश्चित जितको आवश्यकता छ । आयाक्सले दोस्रो लेगमा १–१ को बराबरीको नतिजा निकाले खेल लम्बिनेछ । जितले सेमिफाइनलको ढोका खोल्नेछ । युभेन्टसलाई यही नतिजा कायम राख्न सके वा पराजित गर्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =