कतारमा खानेपानी निर्यात गर्ने नेपालको तयारी

 

चैत १९, काठमाडौँ । खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन अल हेलबीच खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको छ । 

मंगलबार खानेपानी मन्त्रालयमा खानेपानीमन्त्री र नेपालका लागि कतारका राजदूतबीच खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । 

null

शिष्टाचार भेटवार्तामा नेपालको पानी खेर गइरहेको भन्दै विदेश निर्यात गर्ने विषयमा छलफल चलीरहेको जानकारी गराइन् । 

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनले बताइन्। 

सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिएको खानेपानी मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *