ओपोको नयाँ एफ ११ प्रोमा राईजिङ क्यामेरा

 

बैशाख ३, काठमाडौं । ओपोको सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८ एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएका छन् । 

एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव दिने सोचका साथ यसमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । 

null

स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्य भागमा १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । आवश्यकता अनुसार राइज हुने (निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ । 

१६ एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बन गरिएको यो प्रविधिले नोचलाई विस्थापन गर्न सघाएको छ साथै यसको पारदर्शी डिजाइनले सटिक टच प्रदान गर्छ । 

फोनको शानदार पानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभवपनि प्रदान गर्ने कम्पनीले जनाएको छ । 

परम्परागत मोबाइलसँग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने निश्चित छ । 

ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । 

समयसँगै ओपोले सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने विश्वब्यापी रुपमा लोकप्रिय ब्राण्डको पहिचान पनि दिलायो । 

ओपोको एफ ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ । 

एफ ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । 

यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसँग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । 

साथै, यसले न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *