आठौं राष्ट्रिय खेलकुदः क्रिकेटमा प्रदेश ३ को विजयी सुरुवात

 

  

बैशाख ४, कोहलपुर । राष्ट्रिय खेलकुदको आठौं संस्करण अन्तर्गत आजबाट सुरु भएको पुरुष क्रिकेटमा प्रदेश ३ ले जित हात पारेको छ । 

null

कोहलपुर क्रिकेट रंगशालामा भएको समूह ‘बी’ को खेलमा प्रदेश ६ लाई ९ रनले पाखा लगाउँदै प्रदेश ३ ले विजयी सुरुवात गरेको हो । 

पहिला ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनायो । प्रदेश ६ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय १६ रन मात्रै बनाउन सक्यो । 

प्रदेश ३ लाई जित दिलाउन सुभ कंसाकारले सर्वाधिक ३९ रन जोडे भने आदिल खानले ३० र सोनु देवकोटाले १३ रन जोडे । 

प्रदेश ६ का प्रकाश जैसी ५ विकेट दिनेश अधिकारीले १ विकेट लिए । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्यान अफ दि म्याच प्रदेश ६ का प्रकाश जैसी घोषित भए । 

१२५ रनको लक्ष्य पछ्याएको प्रदेश ६ का लागि रबिन्द्र जंग साही सर्वाधिक ३५ रन जोडे । यस्तै प्रकाश जैसिले २३ रन जोड्दा टेक सलामीले २२ रनको योगदान गरे । 

प्रदेश ३ को जितमा नन्दन यादबले २ तथा रबिन्द्र जङ साहि र सोनु तामाङ्ले समान १–१ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =