‘यस्तो विपतमा पनि केन्द्र सरकारले मधेसप्रति संवेदनहिन व्यवहार देखायो’

 

काठमाडौँ– तराईका दुई जिल्ला बारा र पर्सामा हावाहुरीका कारण २८ जनाको ज्यान गएको छ। चार सयभन्दा बढि घाइते भएका छन्। 

हावाहुरी पीडितलाई राहत तथा पुनस्थापनामा सहयोग गर्न विभिन्न व्यक्ति तथा संघ संस्था प्रभावित क्षेत्रमा पुगेका छन्। यस्तै दलका नेताहरुले पनि व्यक्तिगत तथा पार्टीको तर्फबाट सहयोग घोषणा गरिरहेका छन्।  

null

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपप्रधान तथा मन्त्रीहरु प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका छन्। यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक राजेन्द्र महत्वपनि दुई दिन प्रभावित क्षेत्र घुमेर जनकपुर फर्किएका छन्। 

जनकपुर फर्किएपछि उनले मकालु खबरसँग कुरा गर्दै केन्द्र सरकारप्रति आक्रोस व्यक्त गरेका छन्। ‘मुख्य कुरा सरकारले राहत पुनःस्थापनाको लागि अविलम्ब गरेन । संवेदनहिन भएर बस्यो । मधेसमा तेत्रा जनताले खान पाका छैनन्, घरबारविहिन भएर बसेका छन्। प्रधानमन्त्री र मन्त्रीहरु हेलिकोप्टरमा गएर अनुहार देखाएर फर्किन्छन्’, महतोले आक्रोसित हुँदै भने, ‘तीनीहरुको अनुहार हेरेर आवास र भोजनविहिन मधेसका जनताले के पाए?’ 

मधेसका पनि नेपाली जनता नै भएको भन्दै महतोले केन्द्र सरकारलाई संवेदनहिन नबन आग्रह गरे। एनले मानवीय संवेदना देखाउन र तत्काल ठोस राहत तथा पुनस्थापनाका कार्यक्रम लिएर मधेस जान आग्रह गरे। 

अहिले तत्काल अस्थाई बास र खानेकुराको व्यवस्था गरिदिनु पर्ने महतोले बताए। उद्दारका लागि भन्दै सरकारले पठाएका मान्छे पनि खालिहात गएको भन्दै महतोले असन्तुष्टि जनाए। ‘जनताको विजोग हेरेर सरकारको दायीत्व पुरा भयो त ? जनताको हातमा के आयो ?’ महतोले प्रश्न गरे। 

उनले मधेसमा परेको विपतमा पहाडका जनता र संघसंस्थाले गरेको सहयोगको भने प्रसंशा गरे। एनको दल राष्ट्रिय जनता पार्टीले उद्दार तथ राहतका लागि परिचालन गरिसकेको दाबी गरे। 

प्रदेश २ सरकारले गरिरहेको कामको भने उनले प्रसंशा गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *