आइपीएल: विराट कोहलीको टिम मुम्बईसँग पराजित, आठ खेलमा सातौँ हार
२०७६ वैशाख ३ गते

काठमाडौं, ३ वैशाख । इण्डियन प्रिमयर लिग आइपीएल घरेलु टोली मुम्बइ इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । सोमबारको खेलमा मुम्बइ इन्डियन्सले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य मुम्बइले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो । मुम्बइको जितमा क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले २९ र कप्तान रोहित शर्माले २८ रन बनाए ।
null
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन योगदान दिए । मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए ।
२०७६ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








