‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भए कप्तान विशाल

 

बैशाख १५, काठमाडौं । थाइल्याण्डमा आइतबार सम्पन्न भएको एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाली टोलीका कप्तान विशाल विक्रम केसी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् । 

आज भएको प्रतियोगितामा मलेसियालाई ५९ रनले पराजित गरेको नेपाली टोलीका कप्तान विशाल ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिएका हुन् । 

null

नेपालले उक्त प्रतियोगितामा लगातार दोस्रो पटक पनि उपाधि जित्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । 

 

यस्तै फाइनल खेलका ‘म्यान अफ दि म्याच’ नेपालका दिपक बोहोरा घोषित भए । दिपकले मलेसियाविरुद्ध २३ रन बनाउँदै ३ विकेट हात पारेका थिए । यस्तै प्रतियोगिताका उत्कृष्ट बलर मलेसियाका सचिनु हित्तेज घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान सिंगापुरका गिरिनी राहुल गुने घोषित भए । 

प्रतियोगितामा नेपालसहित मलेसिया, थाइल्याण्ड, म्यानमार, सिंगापुर, हङकङ, चीन र भुटानको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =