अन्तरीक्ष केन्द्रमा नेपाली स्याटलाइट जडान भयो

बैशाख ९, काठमाडौँ । पृथ्वीको तल्लो कक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ जडान भएको पत्रकार सम्मेलन गरी बताईएको छ । 

 

सोमबार ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएका छन् । स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उच्च भागमा रहेको पृथ्वीलाई परिक्रम गर्ने तल्लो कक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जडान गरिएको (नाष्ट) ले जानकारी गराएका छन् । 

null

यस स्याटलाइटले ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समयअनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुंगेलले बताएका छन् । । 

सो नेपाली स्याटेलाइट वान गत वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।  

विपद् व्यवस्थापन, ग्रामीण भेगमा सूचना प्रविधिको विकासका  लागि समेत प्रयाेग गर्न सकिने भएपछि नेपालले आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाएका हुन् । 

अबको लगभग डेढ महिनापछि सो नेपाली स्याटलाइटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क बनाउनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =