आइपीएल: राजस्थानको पहिलो जित, विराटको बैंग्लोर जित विहिन

काठमाडौं, २० चैत्र । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको १२ औं संस्करणको १४ औं खेलमा राजस्थान रोयल्सद्‍वारा रोयल च्यालेन्जर्स बैंग्‍लोर ७ विकेटले पराजित भएको छ । जयपुरमा भएको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभर पुग्‍न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थियो । राजस्थानको जितमा जोस बट्‍लरले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र १ छक्काको मद्दतले ५९ रन को योगदान दिए । त्यसैगरी स्टेभेन स्मिथले ३८, राहुल त्रिपाठी ३४, अजिंक्य राहणेले २२ र बेन स्टोकले १ रन बनाए । 

 

null

बैंग्लोरका लागि युज्भेन्द्र चाहलले २ विकेट लिए भने मोहमद सिराजले एक विकेट हात पारे । यसअघि बैंगलोरले पार्थिव पटेलको अर्धशतकको सहयोगमा राजस्थान १ सय ५८ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेलले अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६७ रन बनाएका हुन् । 

त्यस्तै मर्कियुसले ३१ रन बनाउदा कप्तान विराट कोहोलीले २३ रनको योगदान दिए । बलिङतर्फ राजस्थानका लागि श्रेयस गोपालले सर्वाधिक तीन र जोफ्रा आचलले एक विकेट लिए । १२ औं संस्करणको आइपीएलमा बैंग्लोरले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन भने राजस्थानले पहिलो जित हात पार्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =