चीनमा रेल दुर्घटनामा परी ६ को मृत्यु

 

चैत्र २९, चीन । मध्य चीनमा मालबाहक रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीका अनुसार आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको एक घरभित्र पस्दा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर निस्केकाे थियाे । 

दुर्घटनामा हराएका व्यक्तीहरुको खोजी तथा उद्धार कार्य  भईरहेको र खोजको क्रममा चार जना रेल सेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भई सकेको स्थानीय प्रहरीले बताएका छन् । उक्त दुर्घटना हेनान प्रान्तको गोन्यीमा भएको हो । 

null

रेलका डिब्बा एकअर्कामाथी खप्टिएका कारण मृतको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले अनुमान गरेका छन् । घटना के कारणले भयो अहिले सम्म खुल्न सकेको छैन घटनाबारे थप अनुसन्धान शुरु गरि सकेको प्रहरी अधिकारीले बताएका छन्. । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *