प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ आज, न्यायाधीशहरुको भोलि हुने

 

बैशाख ४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार हुँदैछ । 

संसदीय सुनुवाइ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले थपलियाको सुनुवाई आज गर्ने निर्णय गरेको हो । 

null

बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै आज दिउँसो २ बजे सुनुवाइ गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाइ बिहीबार गर्ने पनि निर्णय गरेको छ । 

न्यायपरिषद्ले हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *