हावाहुरी पीडितलाई काठमाडौं महानगरपालिकाले २५ लाख दिने

 

चैत २२, काठमाडौं । हावाहुरीबाट विस्थापित भएका परिवारलाई काठमाडौं महानगरपालिकाले २५ लाख राहत उपलब्ध गराउने भएको छ । बिहीबार बसेको नगर–कार्यपालिकाको बैठकले हुरीप्रभावित क्षेत्र बारा–पर्साका पीडित परिवारलाई २५ लाख दिने निर्णय गरेको हो । 

यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिक वापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् । 

null

गत आइतबार आएको हावाहुरीका कारण बारा–पर्सामा २८ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । त्यहाँका १ हजार ४० घर क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त सबै घरहरु प्रदेश २ सरकारले ४ महिनाभित्र निर्माण गरिदिने भएको छ । 

यस्तै बैठकले नगरभित्रको एम्बुलेन्स सेवा प्रभावकारी बनाउन नेपाल एम्बुलेन्स सेवा समितिसँग सहकार्य गर्दै ५० लाख अनुदान दिने निर्णय पनि गरेको छ । 

सहमति अनुसार उक्त समितिले काठमाडौं नगरभित्र आपतकालिन अवस्थामा बिरामी लिन जाँदा एम्बुलेन्समै नर्स, आवश्यक औषधि लगायतका सेवा उपलब्ध गराउने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *