प्रिमियर लिग: १० खेलाडीमा सिमीत वाटफोर्डलाई आर्सनलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा सिमीत वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेले गरेको एकमात्र गोल निर्णायक बन्यो । 

 

वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा सिमीत हुन पुग्यो । 

null

वाटफोर्डका डीने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर, त्यसपछि पनि आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । पिएरेले गरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =