‘मातृभूमी कप’ चैत ३० गते, पारसविरुद्ध ज्ञानेन्द्र र मदनकृष्णविरुद्ध हरिवंशकाे टिम भिड्ने

 

चैत २५, काठमाडौं । चैत २३ गते शनिबार हुने भनिएको ‘मातृभूमि कप’ चैत ३० गते शनिबार हुने भएको छ । 

चैत २३ गतेको मौसम खराब भएका कारण धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गते शनिबारलाई सारिएको हो । 

null

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी गराए । 

प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने छ । 

कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिइरहेका छन् ।  

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमाञ्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल हुनेछ । 

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगिता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *