जब श्रीमान् आनन्दले सोनमको जुत्ता समाते…

 

बैशाख ६, काठमाडौं । सन् २०१८ को मे महिनामा बिवाह बन्धनमा बाँधिएका जोडी हुन् सोनम कपूर र आनन्द अहूजा । 

विवाह अघि नै बलिउडमा धमाका मच्चाएर चर्चामा रहेकी सोनम आनन्द अहूजासँग विवाह बन्धनमा बाँधिएपछि झनै उचाइमा आइन् । यो जोडीले सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि राम्रै स्थान पाइरहेका छन् । उनीहरु पटक–पटक चर्चामा आइरहने जोडी मध्येका एक हुन् । 

null

उनीहरुको वैवाहिक जीवन खुशीपूर्वक नै चलिरहेको अनुमान सहजै लगाउन सकिन्छ । एक अर्काको साथमा रमाईरहेका उनीहरुको तस्विर सामाजिक सञ्जालमा छरपस्ट छ । 

 

भर्खरै पनि यो जोडीको यस्तै एउटा तस्विर भाइरल भएको छ । तस्विरमा आनन्द सोनम कपूरको जुत्ताको तुना बाँधिरहेका देख्न सकिन्छ । साथै उनीहरूकाे जुत्ताकाे रंग पनि म्याच गर्छ । तस्विर हेरेर प्रशंसा गर्नेहरुको पनि ओइरो लागेको छ । 

सोनम र आनन्द कुनै पसल उद्घाटन कार्यक्रममा गएको बेलामा यो तस्बिर खिचिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

सोनम पछिल्लो समय, ‘एक लड्कीको देखा तो एसा लगा’ देखिँदैछिन् । उनका धेरै चलचित्रले बलिउड बक्स अफिसमा रेकर्ड तोडेका पनि छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *