नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण (भिडीयो सहित)

काठमाडौं, ५ वैशाख । नेपालको पहिलो नेपाली स्याट १ नामक भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । भर्जिनियास्थित नासा हेडक्वाटरबाट अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ । 

जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले उक्त स्याटलाइट निर्माण गरेका हुन् । स्याटेलाइट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ । 

स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ । यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ । नेपालको यो नै पहिलो स्याटलाइट हो । अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =