आठौँ राष्ट्रिय प्रतियोगिता आजदेखि सुरुः हक्कीमा आर्मीविरुद्ध गण्डकी प्रदेशको बराबरी

 

चैत २७, बाँके । बहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु भएको छ । 

प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलोे खेल १–१ को बराबरीमा टुंगिएको छ । 

null

२८ चैत (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिसबीच हुनेछ भने दोस्रो खेल नेपाल आर्मी र प्रदेश नंं २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । 

औपचारिक उद्घाटन बैशाख ५ मा भनिएपनि प्रतियोगिताका खेलहरु आजदेखि सुरु भएका छन् । पहिलो दिन आज ५ खेलमा प्रतिस्पर्धा हुनेछ । 

दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =