ला लिगा: बार्सिलोनालाई नौ अंकको अग्रता, रियल सोसिडाड पराजित
२०७६ वैशाख ८ गते

एजेन्सी । स्पेनिस ला लिगामा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफको अन्तिममा लेंगलेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध सोसिडाडले ६२ औं मिनेटमा जुवानामीले गोल गर्दै खेल बराबरीमा पर्याएका थिए । तर त्यसको दुई मिनेटमा नै जोर्डी अलावाले फेरि बार्सिलोनालाई अग्रता दिलाए ।
null
तर, त्यो अग्रता खेलको अन्तिम समयसम्म कायम रह्यो, र बार्सिलोनाले तीन अंक जोड्यो । जितपछि बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ । त्यसअघि भएको खेलमा एथ्लेटिकोले इबारलाई १-० ले पराजित गरेको थियो । जसका कारण उसको ३३ खेलबाट ६८ अंक छ ।
२०७६ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित








