राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न डा. भट्टराईले गरे आग्रह

काठमाडौं, १९ चैत्र । बारा पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आह्वान गरेका छन् । 

डा. भट्टराईले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भनेका छन्, बारा पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दु:खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्नु जरूरी छ । 

 

null

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन समेत दिएका छन् । त्यसैगरी राहत पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आ आफ्नो हैसियत अनुसार आर्थिक सहयोग सीधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन् । 

उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी समेत उनले दिए । मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु, उनले भनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *